सल्यानको बन्गाड कुपिण्डे कोरोनाको नयाँ इपिसेन्टर : न आइसोलेसन, न डाक्टर

सल्यानको बन्गाड कुपिण्डे कोरोनाको नयाँ इपिसेन्टर : न आइसोलेसन, न डाक्टर

२२ जेठ, काठमाडौं । सल्यानको बन्गाड कुपिण्डे नगरपालिका कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको छ । भारतबाट एकैपटक हजारौ नागरिक फर्केपछि कर्णाली प्रदेशका सल्यान, दैलेख र सुर्खेत कोरोना संक्रमितको चरम चपेटामा परेका छन् ।

बन्गाड कुपिण्डे नगरपालिकामा १५२० सय बढी नागरिकहरु भारतबाट फर्केका छन् । घर फर्केका नागरिकलाई नगरपालिकाले सामुदायिक बिद्यालयको क्वारेन्टीनमा राखेको छ । क्वारेन्टीनमा राखेको १५ दिन वितिसक्दा न स्वास्थ्य परीक्षण गरिएको छ नत परिक्षणको रिपोट नै आएको छ ।

‘भारतबाट १५२० सय फर्केका छन्, उनीहरुलाई बिद्यालयको क्वारेन्टीनमा राखेका छौ, संघ र प्रदेश सरकारको चरम लापरवाहीले क्वारिन्टीनमा बसेका नागरिकको समयमा स्वाव परीक्षण गर्न सकिएको छैन’, मेयर गोविन्द पुनले भने ‘संघ र प्रदेश सरकारले नागरिकहरुलाई नगरपालिकामा पठायो तर स्वास्थ्य परीक्षणमा सहयोग गरेन ।’

१५ दिनदेखि प्रभाकर मावि र बन्गाड क्याम्पसको क्वारेन्टाइनमा सयौ नागरिकहरु बसिरहेका छन् । उनीहरु मध्ये केहीको स्वाव डेढ साताअघि नै लिइएको थियो । तर विहीबार विहानसम्म सवैको स्वास्थ्य रिपोट आएको छैन । १५ दिनमा ६१० जनाको मात्र स्वाव संकलन गरिएको छ । १५८ जनाको मात्र रिपोट आएको इलाका प्रहरी कार्यालय देवस्थलले जनाएको छ । १५८ मध्ये ४२ जना संक्रमित भेटिएका छन् ।

यो कोरोना भाइरसको भयावह स्थिति हो । अहिलेसम्म क्वारेन्टीनमा बसेकाहरुलाई मात्र कोरोना देखिएको छ । समुदायमा फैलिसकेको छैन । समयमा स्वास्थ्य परीक्षण गरी संक्रमितको पहिचना गर्न नसके समुदायमा फैलिन निश्चित छ । संघ र प्रदेश सरकारले बन्गाड कुपिण्डेको भयावह स्थितिलाई समयमा बुझन नसके कोरोनाको वितन्डा सल्यानमा देखिनेछ । न आइसोलेशन, न चिकित्सक । नागरिकहरु टेष्टको भरमा दिनरात काटिरहेका छन् ।

१५८ जनाको स्वास्थ्य रिपोटमा ४२ जना संक्रमित भेटिएका छन् । यो निकै ठुलो संख्या हो । तरपनि स्वास्थ्य मन्त्रालय र प्रदेशको सामाजिक विकास मन्त्रालय मुखदर्शक बनेको छ । ‘यतिबेला भारतबाट आउनेको संख्या निकै ठुलो छ, केही समय लागेपनि हामी सवैको स्वास्थ्य परीक्षण गराउँछौ’, स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भने ‘सल्यानको हकमा केही समय लाग्यो होला, तर ढुक्क हुनुहोस् सवैको स्वास्थ्य परीक्षण हुन्छ । यसका लागि तीन तहकै सरकारहरुले काम गरिरहेका छन् ।’

स्वास्थ्यमन्त्री ढकालले केही समय लागेपनि भारतबाट फर्केका सवैको स्वास्थ्य परीक्षण गराउने बताए । तर एउटै कोठामा दर्जनौ नागरिक बस्दा कोरोनाको जोखिम दैनिक बढीरहेको छ । क्वारेन्टीनको अभावका बन्गाड कुपिण्डे नगरपालिकाले २० जनासम्मलाई एउटै कोठामा राखेको छ । संक्रमण देखिए न राख्ने आइसोेलेशन छ, नत पर्याप्त चिकित्सकहरु नै छन् ।

अहिले देखिएका संक्रमितहरुलाई जिल्ला अस्पताल सल्यान र प्रदेश अस्पताल सुर्खेतको आइसोलेशनमा राखिएको छ । नजिकैको अर्को अस्पताल चौरजहारीले संक्रमितलाई लिन मानेन ।

२६ क्वारेन्टीनमा १५ सयभन्दा बढी नागरिकहरु बसिरहेका छन् । उनीहरुको क्वारिन्टीन बसाई निकै सास्तीपूर्ण रहेको प्रकाश बुढाले बताए । प्रभाकर माविको क्वारेन्टीनमा स्वाव परीक्षण गरिएका र नगरिकाहरुलाई फरक फरक ठाउँमा राखिएको छ । तर ट्वाइलेट एउटै प्रयोग गर्ने गरेको क्वारेन्टीमा रहेका प्रकाश बुढाले बताए ।

Loading
TOP