पाल्पाका ४५ वर्षीय कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १० पुग्यो

पाल्पाका ४५ वर्षीय कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १० पुग्यो

२२ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ। पाल्पाका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

उनी भारतबाट नेपाल आएका थिए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पाल्पा पूर्वखोला घर भएका ती पूरुषको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उनको स्वाब परीक्षणका क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको प्रवक्ता डा देवकोटाले जानकारी दिए। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका १० जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म २ हजार ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

Loading
TOP