मन्त्रिपरिषद बैठकबाट जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

मन्त्रिपरिषद बैठकबाट जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

२२ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको छ।

हेल्थ सेक्टर इर्मरजेन्सी रेन्सपोन्स प्लान कोभिड(१९ मा दुई हजार बढी एक्टीभ केस देखिएपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने व्यवस्था गरिएको छ। सोही अनुसार छलफल गरि प्रस्ताव लैजाने निर्णय भएको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले बिहीबार कोरोना(१९ मिडिया बिफ्रिङमा मन्त्रालयले संकटकाल घोषणा गर्नका लागि प्रस्ताव पठाउने निर्णय भएको जानकारी दिए।

उनले संक्रामक रोग ऐन २०२० अनुसार संकटलकाल घोषणा आदेश जारी गर्न अधिकारी तोक्नुपर्ने भएकाले स्वास्थ्य सचिवलाई तोक्ने प्रस्ताव गर्ने निर्णय गरेको पनि जानकारी दिए।

Loading
TOP