सुर्खेतका मृतक युवामा कोरोना पुष्टि

सुर्खेतका मृतक युवामा कोरोना पुष्टि

२३ जेठ, सुर्खेत । नेपालमा कोरोनाबाट एघारौ व्यक्तिको मृत्यु भएको छ । क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवामा कोरोना पुष्टि भएको हो ।

पञ्चपुरी नगरपालिका–१, हाँसेगाउँका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजेर १५ मिनेट जादा मृत्यु भएको थियो ।

बिहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा र पाल्पामा एकरएक जनाको मृत्यु भइसकेको छ ।

Loading
TOP