कोरोना ट्र्याकिङ गर्न सबै नागरिकलाई विशेष यन्त्र दिने तयारीमा सिंगापुर

कोरोना ट्र्याकिङ गर्न सबै नागरिकलाई विशेष यन्त्र दिने तयारीमा सिंगापुर

२३ जेठ,काठमाडौँ । सिंगापुर सरकारले कोरोना भाइरसलाई प्रभावकारी ढंगबाट ट्र्याकिङ गर्न विशेष यन्त्र सबै नागरिकलाई दिने तयारी गरेको छ ।

बिबिसीका अनुसार कोरोनालाई राम्रोसँग ट्रयाकिङ गर्न विशेष यन्त्र बनाएर यसको अहिले ट्रयाल भइरहेको बताइएको छ ।

देशका ५७ लाख नागरिकलाई वितरण गर्नेअग्री तयारी भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । यसअघि सिंगापुर सरकारले विशेष मोबाइल एप बनाएर कोरोना संक्रमित नागरिकको पहिचान गरेर फैलिन नदिने प्रयास गरेको थियो ।

तर सरकारले बनाएको यो एप सबै नागरिकले प्रयोग नगर्दा यो प्रभावकारी हुन नसकेको बताइएको थियो । ब्लूटुथमा आधारित सो एपलाई सबै नागरिकले प्रयोगमा ल्याएनन । जसले गर्दा सरकारको कोरोना ट्रयाक गर्ने योजना असफल भएको थियो ।

सिंगापुरका विदेशमन्त्रीले छिट्टै यो विशेष यन्त्र लन्च गर्ने तयारी गरेको बतायेका छन् । सबै नागरिकले अनिवार्यरुपमा सो डिभाइस आफ्नो शरीरमा या पर्समा समेत राख्न मिल्ने उनले बताएका छन् । ब्याट्रीबाट चल्ने यो यन्त्र कुनै मोबाइलमा निर्भर भने नहुने हुनाले सरकारले यो यन्त्र प्रभावकारी हुने दाबि गरिएको छ ।

Loading
TOP