इटालियन फुटबल कोपा इटालीयाको सेमिफाइनलबाट शुरु हुदै

इटालियन फुटबल कोपा इटालीयाको सेमिफाइनलबाट शुरु हुदै

२३ जेठ,काठमाडौँ । कोरोना माहामारीका कारण स्थगित इटालियन फुटबल कोपा इटालीयाको सेमिफाइनल खेलबाट शुरु हुने भएको छ ।

आगामी जुन १२ मा कोपा इटालीयाको सेमिफाइनलको दोस्रो लिगमा युभेन्टस र एसी मिलान भिड्ने भएका छन् ।

सेमिफाइनलको पहिलो लिगमा १(१ को बराबरी खेलेका यी टिमबिचको यो खेलसँगै मार्चदेखि स्थगित इटालीयन फुटबल सुचारु हुने भएको हो । त्यस्तै सेमिफाइनलको दोस्रो खेल नापोली र इन्टरमिलानबीच हुने छ ।

पहिलो लिगमा नापोलीले इन्टरमाथि १(० को अग्रता हासिल गरेको छ । इन्टर र नापोलीबीच भने १३ जुनमा खेल हुने छ ।

त्यस्तै कोपा इटालियाको फाइनल खेल जुन १७ मा हुने छ ।

त्यसैगरी सिरी ए का खेलहरु भने जुन २० देखि शुरु हुने छन् । सिरी ए मा अहिले युभेन्टस शिर्ष स्थानमा छ भने लाजिओ युभेन्टसभन्दा एक अंकले मात्र पछाडी रहेको छ ।

Loading
TOP