म्यानमारबाट आइपुगे २६ जना नेपाली

म्यानमारबाट आइपुगे २६ जना नेपाली

२३ जेठ, काठमाडौं । म्यानमारबाट २६ जना नेपालीलाई उद्दार गरी शुक्रबार स्वदेश ल्याइएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरी अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि विभिन्न देशमा नेपालीहरु अलपत्र अवस्थामा रहेका छन् । विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गर्न दबाब परेपछि सरकारले कार्यविधि तयार गरी नेपाल ल्याउने व्यवस्था गरेको हो । सोही अनुसार पहिलो चरणमा म्यानमारमा हरेका २६ जना नेपालीलाई म्यानमार एयरफोर्सको विमानमार्फत काठमाडौं ल्याइएको छ ।

म्यानमारबाट फर्किएका मध्ये प्रदेश १ का ४ जना, बागमती प्रदेशमा १७ जना, गण्डकी प्रदेशका ४ जना, प्रदेश ५ का १ जना रहेका छन् । विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई बसुन्धारामा स्थित यती पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिएको छ । होल्डिङ सेन्टरसम्म नेपाली सेनाको बसमा लगिएको छ ।

विदेशबाट ल्याइने नागरिकहरुलाई कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड १९ क्राइसिस मानेजमेन्ट सेन्टर (सीसीएमसी)को संयोजनामा काडमाडौंका विभिन्न पार्टी प्यालेसहरुमा होल्डिङ सेन्टर बनाई केही समय राख्ने र सम्बन्धित प्रदेश सरकार मार्फत स्थानीय तहसम्म पु¥याई क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको छ ।

Loading
TOP