धनुषामा मध्यान्ह १२ बजेसम्म व्यवसाय खोल्ने सहमति

धनुषामा मध्यान्ह १२ बजेसम्म व्यवसाय खोल्ने सहमति

२३ जेठ, जनकपुरधाम । धनुषाको व्यवसायी र प्रशासनबीच मध्यान्ह १२ बजेसम्म व्यापारी प्रतिष्ठान खोल्ने सहमती भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा स्थानिय प्रशासन, जनकपुरधाम उद्योग बाणिज्य संघ र धनुषा चेम्वर अफ कर्मशबीच सहमती भएको हो ।

बैठकमा सहभागी संघका महासिचव जितेन्द्र महासेठका अनुसार विहान ५ बजे देखि मध्यान्ह १२ बजे सम्म सम्पुर्ण पसलहरु खोल्ने सहमती भएको बताए ।

यद्यपि सैलुन, जिम सेन्टर, सिनेमा घर, होटल, रेष्टुरेन्ट सहिँतका भिडभाड हुने प्रतिष्ठानहरु भने यथावत बन्द नैं रहेको उनले बताए ।

यसअघि व्यावसायीहरुको छाता संगठन जनकपुरधाम उद्योग बाणिज्य संघले कर बारे सरकारी निर्णय र बन्दका कारण व्यापारीहरुमा पर्न गएको असर र प्रभावलाई मध्यनजर गर्दै नियम सहित पसल खोल्ने वातावरण बनाउन स्थानिय प्रशासनलाई आग्रह गर्दै आएका थिए ।

विहिवार व्यापारी उपर प्रहरीद्वारा कुटपिट भएपछि स्थानिय प्रशासन माथी पुनः दबाब थपिएको थियो । कोरोना भाइरस कोभिड १९ महामारी नियन्त्रणका लागि सरकारद्वारा जारी निरन्तर ७४ दिन सम्मो लकडाउनका कारण व्यापारीहरु सास्ती भोग्दै आएका थिए ।

यस सहमतीले केहि राहत भने हुने भएको छ । यद्यपि समाजिक दुरी, सुरक्षा समाग्री जस्तै गलभ्स, सेनिटाइजर, मास्क सहितका उपायहरु अपनाउनै पर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

जथाभावी पसल खोलेर भिडभाड नर्गन र नबुझेका कुरा संघ, कर्मश अथवा प्रशासनसंग बुझेर मात्र अगाडि बढन् समेत उनको आग्रह थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, संघका अध्यक्ष ललित कुमार साह, कर्मश धनुषाका अध्यक्ष विजय प्रसाद साहसहित दुबै संस्थाका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Loading
TOP