बजेट देखावटी र परम्परागत : सांसद डिला संग्रौला

बजेट देखावटी र परम्परागत : सांसद डिला संग्रौला

२३ जेठ, काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक-२७७ अन्तर्गत मन्त्रालयगत छलफल आजदेखि शुरु भएको छ ।आज भएको छलफलमा नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले मन्त्रालयगत विनियोजन विधेयकमाथि टिप्पणी गरेकी छन् । सांसद संग्रौलाले सात मन्त्रालयको बजेट देखावटी रहेको, परम्परागत रहेको र जनताको मन छुन नसकेको बताएकी छन् ।

सांसद संग्रौलाले महिला तथा बालबालिका, खानेपानी मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र यूवा तथा खेलकुद मन्त्रालयमा छुट्याइएको बजेटमा आफ्नो टिप्पणी गरकी छन् ।

संसद संग्रौलाले गरेको टिप्पणी :

महिला तथा बालबालिका मन्त्रालय :

१। राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रम पुनः पुनरावृत्ति भएको छ । तर यस कार्यक्रमले विपन्न एवं वञ्चितीमा परेका महिलाहरुको यसमा पहुँज हुँदैन भने कसरी उनीहरुले रोजगारी पाएर उद्यमशील बन्दछन् रु

२। सदाको लागि बालश्रमको अन्त्य गर्ने भनिएता पनि होटल, रेष्टुरेण्ट, सार्वजनिक यातायात, इँट्टाभट्टा लगायतका क्षेत्रमा बालश्रमको शोषण भएको अवस्था छ । सडक छाप बालिका जताततै छन् । यो त केवल सरकारको देखाउने दाँत मात्र भएन र रु बाल शोषण गर्नेलाई कारवाही कहाँ भएको छ :

३। महिला माथिको लैंगिक विभेद, हत्या, हिंसा, बलात्कार, दाइजो बोक्सी, छाउपडी प्रथा, बालविवाह, बहुविवाह अझै रोकिएको छैनन् । क्वारेन्टिनमा नै महिलामाथि बलात्कार भै रहेको छ । यसलाई रोक्न खोइ त विशेष कार्यक्रम रु

खानेपानी मन्त्रालय :

९४ प्रतिशत जनतालाई खानेपानी पुर्याउने भनिएको छ तर नेपाली जनताले अहिले पनि शुद्ध खानेपानी पाएको छैन । मेलम्ची खानेपानी काठमाठौँमा वितरण गरिने भनिएता पनि खोई अहिलेसम्म छाटकाट छैन केवल नाराले मात्र जनतालाई कति दिन भुक्याउने हो रु

भूमिव्यवस्था तथा सरकारी :

१। भूमिहिन दलितलाई पहिचान गरी बसोबासको लागि आवश्यक जमिन उपलब्ध गराउने भनी दलित आवास कार्यक्रम सरकारले ल्याइएको भएता पनि यो केवल कागजी घोडा मात्र भएको छ, न दलितको पहिचान छ, न त आवास नै बनेको छ, जनता भुक्याउने बाहेक के छ र रु

२। बाँझो जमिन धेरै भएका स्थानीय तहबाट भूमि बैंकको स्थापना गर्ने भनिएता पनि सरकारले अहिलेसम्म कुन तहमा कति बाँझो जमिन छ भनेर तथ्यांक नै जुटाउन सकेको छैन । जनतालाई किन गुमराहमा राखेको रु

युवा तथा खेलकुद मन्त्रालय :

१। युवा तथा नवप्रवद्र्धन केन्द्रहरु स्थापना गर्ने उल्लेख गरिएको छ । यस्तै युवा परिचालनको कुरो पनि छ । यस्ता केन्द्रहरु कसले, कसका लागि सञ्चालन गर्ने हो रु स्पष्ट छैन, त्यसलै यो आफ्ना दलका कार्यकर्तालाई पोस्ने कार्यक्रम मात्र हो रु

Loading
TOP