आज १४ अर्ब नौ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

आज १४ अर्ब नौ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार १४ अर्ब नौ करोड रुपैयाँकोको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार आज सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिती जेठ सात २७ तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको १२ अर्ब २६ करोड र तीन सय ६४ दिने अवधिको एक अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।

सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ भदौ २३ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ साल जेठ २५ गते तोकिएको छ ।

Loading
TOP