सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

२६ जेठ, काठमाडौँ । सोमबार सुनचाँदीको मुल्यमा सामान्य वृद्धि देखिएको छ ।

नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक सयले बढेको छ ।

सोमबार सुन प्रति तोला ८७ हजार ५ सय पुगेको छ । आज तेजावी सुनको मुल्य ८७ हजार ६५ रहेको महासंघले जानकारी दिएको छ ।

यसअघि चैत्र ११ गतेबाट मुल्य प्रकाशन बन्द भएकोमा जेठ २५ गते आइतबार देखि मुल्य प्रकाशन हुदा तोलामा १० हजार ४ सय बढेको थियो । आइतबार सुन प्रतितोला ८७ हजार ४ सय रहेको थियो ।

त्यस्तै चाँदीको आजको मुल्य प्रतितोला ५ रुपैयाँ बढेर ९३० पुगेको छ । यसअघि आइतबार चाँदी तोलामा ९२५ मा कारोबार भएको थियो ।

Loading
TOP