चितवनमा कोरोना संक्रमित ६८ बर्षिय पुरुषको मृत्यु

चितवनमा कोरोना संक्रमित ६८ बर्षिय पुरुषको मृत्यु

२७ जेठ, काठमाडौं । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।

भरतपुर अस्पतालको आईसीयूमा उपचाररत भरतपुर महानगर ११ का ६८ वर्षिय पुरुषको आज बिहान ७ बजेर पाँच मिनेट जाँदा मृत्यु भएको हो ।

नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएको र उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
नेपालमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Loading
TOP