आफूखुसी खोलेका पसल प्रहरीले बन्द गरायो, व्यापारीसँग घम्साघम्सी

आफूखुसी खोलेका पसल प्रहरीले बन्द गरायो, व्यापारीसँग घम्साघम्सी

२७ जेठ, काठमाडौं । व्यापारीहरुले काठमाडौंमा आफूखुसी खोलेका पसलहरु प्रहरीले बन्द गराउन थालेको छ । मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको छ । अहिले ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफलमा सकारात्मक कुराकानी भए पनि अहिले एक्कासी आएर प्रहरीले पसल बन्द गराएको बताए । उनले प्रहरीको यो कार्य निन्दनीय भएको समेत बताए ।

Loading
TOP