कालीकोटमा टिपर दुर्घटना, दुई जनाको मृत्यु

कालीकोटमा टिपर दुर्घटना, दुई जनाको मृत्यु

२८ जेठ, काठमाडौं । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको टिपर कालीकोटमा दुर्घटना भएको छ । ना८ख ५१३३ नम्बरको टिपर बुधबार नरहरीनाथ गाउँपालिकामा दुर्घटना भएको हो ।

हालसम्म दुईजनाको मृत्यु भएको र चार जना घाइते भएको प्रदेश प्रहरी प्रमुख बसन्त पन्तले जानकारी दिए । टिपरमा ३९ जना सवार थिए ।

Loading
TOP