भारतमा २ लाख ७६ हजार संक्रमित

भारतमा २ लाख ७६ हजार संक्रमित

२८ जेठ, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ९ हजार ९८५ जना संक्रमित पुष्टि भएको छ ।

भारतमा कुल कोरोना संक्रमितको संख्या अहिले २ लाख ७६ हजार नाघेको छ ।

भारतमा अहिलेसम्म २ लाख ७६ हजार ५८३ जना संक्रमित भएका छन् । भारत धेरै संक्रमण हुने देशमा छैठौ स्थानमा उक्लिएको छ ।

त्यस्तै २४ घण्टामा भारतमा २७९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ७ हजार ७४५ पुगेको छ ।

भारतमा अहिलेसम्म एक लाख ३५ हजार २०६ जना ठिक भएका छन् भने एक लाख ३३ हजार ६३२ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ७३ लाख २३ हजार ७६१ पुगेको छ भने मृतकको संख्या ४ लाख १३ हजार ७३१ पुगेको छ ।

त्यस्तै विश्वभर ३६ लाख ३ हजार ८९३ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP