स्वार्थभन्दा माथि उठेर सडकमा उत्रिएका युवाहरुलाई कम नआक्न कमल थापाको सरकारलाई चेतावनी

स्वार्थभन्दा माथि उठेर सडकमा उत्रिएका युवाहरुलाई कम नआक्न कमल थापाको सरकारलाई चेतावनी

२९ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष कमल थापाले पार्टीगत स्वार्थभन्दा माथि उठेर युवाहरु सडकमा उत्रिएको विषयलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

अहिले स्वस्फुर्तरुपमा युवाहरुले समाजिक संजालमा विभिन्न समुह बनाएर देश भरि प्रदर्शन गर्ने र आफ्नो असन्तुष्टि व्यक्त गरेको प्रति अध्यक्ष थापाले टिप्पणी गर्दै युवाहरुको शक्तिलाई कम नआक्न सरकारलाई चेतावनी दिएका हुन् ।

उनले कोरोना प्रकोप नियन्त्रणमा सरकारको भूमिका प्रभावकारी नभएको, अव्यवस्थित लकडाउन, सिमानामा अनियन्त्रित आवागमन, कमजोर परिक्षण, त्यसमाथि भ्रष्टाचारले गर्दा जनताको धैर्यको बांध टुटदै गरेको बताउदै पार्टीगत स्वार्थ भन्दा माथी उठेर युवाहरु सडकमा उत्रिरहेका बताएका छन् ।

परिवर्तन भएरै छोड्छ भन्दै सामाजिक संजालमा यस्तो टिप्पणी गरेका छन् ( ुकोरोना प्रकोप नियन्त्रणमा सरकारको भूमिका प्रभावकारी भएन।अव्यवस्थित लकडाउन,सिमानामा अनियन्त्रित आवागमन,कमजोर परिक्षण,त्यसमाथि भ्रष्टाचार।जनताको धैर्यको बांध टुटदैछ।पार्टीगत स्वार्थ भन्दा माथी उठेर युवाहरु सडकमा उत्रिरहेका छन् ।

Loading
TOP