मौसम अनुसार कोरोनाको प्रकोप बदलिने प्रमाण भेटिएको छैन – डब्लुएचओ

मौसम अनुसार कोरोनाको प्रकोप बदलिने प्रमाण भेटिएको छैन – डब्लुएचओ

२९ जेठ, काठमाडौँ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले कोरोना भाइरस मौसम अनुसार बदलिने अहिलेसम्म कुनै संकेत नपाइएको बताएको छ ।

डब्लुएचओका आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले अहिलेसम्मको अवस्थामा मौसम परिवर्तन हुदा या तापमान बढ्दा कोरोनाको प्रभाव कम या बढी हुने कुनै प्रमाण नदेखिएको स्पष्ट गरेका छन् ।

उनले भने, अहिले हामीसँग मौसम परिवर्तन हुदा कोरोना भाइरस अझै खतरनाक हुने, तिब्रगतिमा फैलिने या रोकिने यस कुराको कुनै ठोस प्रमाण या डाटा छैन ।

कोरोना महामारीको शुरुवातमा गर्मि मौसममा भाइरसको प्रकोप कम हुने हल्ला चलेको थियो । तर अहिलेसम्मको भाइरसको प्रकृति हेर्दा यसमा कुनै आधार वा सत्यता नदेखिएको डब्लुएचओले स्पष्ट गरेको छ ।

Loading
TOP