भेरी अस्पतालको परिक्षणमा २७ जनामा कोरोना पुष्टि

भेरी अस्पतालको परिक्षणमा २७ जनामा कोरोना पुष्टि

२९ जेठ,  नेपालगन्ज । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा विहिबार थप २७ जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार नयाँ संक्रमितमा रोल्पाका १४ जना र १३ जना बाँकेका रहेका छन् ।

संक्रमितमा रोल्पाका १३ पुरुष र एक महिला रहेका छन् भने बाँकेका १२ पुरुष र एक महिला रहेका छन् ।

रोल्पाका संक्रमितमा एक जना ७ बर्षिय बालक समेत रहेको भेरी अस्पतालले जानकारी दिएको छ ।

Loading
TOP