मोटरसाइकलमा दुई जना चढ्न नपाइने, जोर-विजोर लागु नहुने

मोटरसाइकलमा दुई जना चढ्न नपाइने, जोर-विजोर लागु नहुने

३० जेठ, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलमा जोर विजोर प्रणाली लागु नरहेको स्पष्ट बनाएको छ। महाशाखाका प्रवक्ता जीवन श्रेष्ठले सरकारले गरेको निर्णय कार्यान्वयन सुरु भएको जानकारी दिएका छन।

‘मोटरसाइकलमा जोर विजोर प्रणाली लागु गरिएको छैन। तर एक जनाभन्दा बढी चढेका मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ’, एसपी श्रेष्ठले भने। उनका अनुसार अहिलेसम्म ३ सय ४४ मोटरसाइकल र एक सय ४९ चारपाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ ।

जोररविजोर प्रणालीका आधारमा चार पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिइएको उनले बताएका छन।

सरकारले लकडाउन खुकुलो पारेसँगै निजी सवारी साधनका लागि लागु गरिएको जोर विजोर मोटरसाइकलका हकमा लागु नहुने निर्णय अर्थमन्त्री युवराज खतिवडाले नियमित साप्ताहिक पत्रकार सम्मेलनमा बिहीबार जानकारी गराएका थिए।

सार्वजनिक यातायातमाथिको प्रतिबन्ध कायमै रहेको जानकारी दिँदै उनले मोटरसाइकलबाहेकका निजी सवारी साधनमा भने जोर बिजोर लागु हुने र लामो दूरी चल्न नपाउने बताएका थिए।

‘निजी सवारी साधनको हकमा उपत्यकाभित्र र बाहिरको हकमा जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुने छन्’, खतिवडाले भने, ‘तर निजी सवारी साधनमा चालकबाहेक बढीमा दुई जनामात्र बस्न पाइने छ।’

Loading
TOP