थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५ हजार नाघ्यो

थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५ हजार नाघ्यो

३० जेठ, काठमाडौं । नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४४८ जनामा संक्रमण देखिएको हो।

आज थपिएका ४४८ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। संक्रमितमध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला छन्।

नेपालमा हालसम्म ८६१ जना उपचारपछि निको भएका छन्।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

Loading
TOP