महासचिव बिष्टले गरे जन्मदिनमा वृक्षारोपन

महासचिव बिष्टले गरे जन्मदिनमा वृक्षारोपन

काठमाडौं, ३१जेठ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले वृक्षरोपण गरेर आफ्नाे जन्मदिन मनाउनु भएको छ । काठमाडौंकाे टाेखा स्थित आफ्नै निवासमा वृक्षरोपण गर्दै जन्मदिनमा वृक्षरोपण अभियान प्रति ऐक्यबद्धता जनाउनु भएको हाे ।

लमजुङका स्थानीय संचारकर्मिहरुले जन्म दिनमा बृक्षरोपन अभियान २०७५ मंसिर २९ गते लमजुङको बेसीशहर बाट सुरुवात गर्नुभएको छ । यस अभियानमा साथ तथा समर्थन दिनका लागी देशका धेरै जिल्ला साथै भारत र अमेरिकामा बस्ने नेपालीहरुले समेत आफ्नु जन्म दिनमा बिरुवा रोपेर अभियान प्रतीको सहकार्य सुरुवात गर्नुभएको छ । स्थानीय संचारकर्मिबाट सुरुवात भएको अभियानमा पत्रकार महासघका केन्द्रीय महासचिव ज्युकाे समर्थनले अभियान लाई थप उर्जा र हाैसला बढाएकोछ । प्रकृतिको संरक्षण ,वातावरण स्वच्छता र असल संस्कार असल विचार असल कर्मलाई प्राेत्साहन सहित बाताबरण स्व्च्छ बनाउने संदेश सहित जन्मदिनमा वृक्षरोपण अभियानले सकारात्मक उदेश्य बाेकेर सुरुवात भएको अभियानमा आफ्नाे पुर्ण समर्थन रहेको महासचिव बिष्टले बताउनु भयो । प्रकृतिको दाेहन , वातावरण प्रदुषण र मानवकाे दिमागमा कब्जा जमाएकाे खराब विचार खराब संस्कार र गलत कामका विरुद्ध अभियान सुरुवात हुनु सुुखद रहेको उल्लेख गर्नुभयो । परिवर्तनको संवाहक संचारकर्मि हुन सामाजिक विकृति विसंगति ,अन्याय अत्याचार,शोषण,भेदभाव,भ्रष्टाचार अनियमितता विरुद्ध आवाज उठाउने गलत गतिविधि हुन नदिने प्रतिबद्धताका साथ कलम चलाउने संचारकर्मिहरुले प्रकृति जाेगाउन, वातावरण स्वच्छ हराभरा बनाउन,सबै मानवमा सद्भाव कायम गर्न र नेपाललाई प्रकृतिको संरक्षण गर्ने,वातावरण स्वच्छता कायम गर्ने ,असल र सभ्य नागरिक भएको देशकाे रुपमा अन्तर्राष्ट्रिय जगतमा चिनाउनकाे लागि अभियान सुरुवात गर्नु नेपालकाे पत्रकारिता क्षेत्रकै लागि सुखद कुरा भएकोले आफ्नो साथ सहयोग र समर्थन रहने उल्लेख गर्नुभयो । सकारात्मक कामकाे सुरुवात जहाँबाट जाे बाट भएपछि त्यसको समर्थन गर्नुपर्ने आफ्नाे मान्यता रहेको महासचिव बिष्टले स्पष्ट पार्दै जन्मदिनमा बृक्षारोपन अभियानका अभियन्ता लाई थप हौसला प्रदान गर्नु भएको छ।

Loading
TOP