आजदेखि दुई पाङ्ग्रे सवारी साधनमा पनि जोर-बिजोर लागू

१ असार, काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि आजदेखि दुई पाङ्ग्रे सवारी साधनमा पनि जोररबिजोर लागू गरेको छ । गृह मन्त्रालयले सबै निजी सवारी साधनमा जोररबिजोर प्रणाली लागू गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएसँगै आजदेखि फेरि नयाँ नियम लागू भएको ट्राफिक प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप प्रष्ट पार्दै मोटरसाइकलमा पनि सोमबारदेखि जोररबिजोर प्रणाली लागू हुनेगरी मातहतका निकायमा परिपत्र गरिएको जानकारी दिएका छन ।

आजदेखि ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधन सबैमा जोररबिजोर प्रणाली लागू हुने भएको छ । मोटरसाइकल र स्कुटरमा एकजना मात्र बस्ने नियम पनि परिवर्तन नहुने भएको छ । बिहानैदेखि प्रहरीले यो नियमलाई कडाइ गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सबै प्रकारका निजी सावारीमा जोररबिजोर प्रणाली लागू भइसकेको र त्यसको कार्यान्वयन ट्राफिक प्रहरीले थालिसकेको जानकारी दिएका छन ।

जोररबिजोर प्रणाली अनुसार जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने छन्।

यसैबीच सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि उपत्यका प्रवेशका लागि अनुमति लिनुपर्ने नयाँ व्यवस्था गरेको छ ।

उपत्यका प्रवेश गर्नेले उपत्यकाको स्थानीय तहको अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेर प्रवेश गर्ने र बाहिरिने व्यवस्था थप कडाइ गरेको हो ।

उपत्यकाबाट बाहिर जानका लागि अत्यावश्यक काम खुल्ने कागजात पेश गरेर पास लिनुपर्ने सूचनामा उल्लेख छ ।

काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि आजदेखि दुई पाङ्ग्रे सवारी साधनमा पनि जोररबिजोर लागू गरेको छ । गृह मन्त्रालयले सबै निजी सवारी साधनमा जोररबिजोर प्रणाली लागू गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएसँगै आजदेखि फेरि नयाँ नियम लागू भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Loading
TOP