समस्यामा परेका १६६ जना ओमानबाट स्वदेश फिर्ता

समस्यामा परेका १६६ जना ओमानबाट स्वदेश फिर्ता

१ असार, काठमाडौं । ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जाहाज काठमाडौँ विमानस्थलमा अबतरण गरेको छ । बिदेसमा बस्ने कोभिड– १९ बाट प्रभावित नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सम्बन्धित देस तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरि आवश्यक प्रक्रिया पश्चात नेपाल आउन सहजीकरण गर्ने भन्ने नेपाल सरकारको निर्णय अनुसार सम्बन्धित देसका राजदुताबासबाट आवश्यक कार्यहरु अघि बढि नेपाल फर्किने काम प्रारम्भ भइसकेको छ ।

कोरोना भाइरस (कोभिड– १९) का कारण अप्ठ्यारोमा परेका नेपालीहरुको हवाई टिकट ब्यबस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली राजदुताबाससंगको सहकार्यमा सलाम एयरले नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका लागि मानवीय सहयोग स्वरूप सुलभ दरमा टिकट उपलब्ध गराएको हो । बिपतको घडीमा ब्यबसायिक मुनाफाभन्दा पनि सेवाको भाबनाका साथ अघि बढ्ने सलाम एयर र आफ्ना नागरिकको सेवालाई ध्यान दिने ओमनस्थित नेपाली महामहिम राजदुत तथा राजदुताबाससंग आबद्ध सम्पूर्ण कर्मचारीहरुले उक्त कदमलाई सकरात्मक रुपमा लिएका छन ।

सलाम एयरले नेपालमा आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ । नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परेता पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको कुरा आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जनाए ।

ओमानको पहिलो बजेट क्यारिअरका रुपमा सन् २०१६ मा स्थापित सलाम एयरलाइन्सले आफ्नो गरिमालाई उच्च बनाउँदै व्यवसायिक क्षमतामा वृद्धि गरेको छ । दिनानुदिन विभिन्न गन्तब्य थपिनुले पनि यस कुरालाई पुष्टि गर्दछ । ओमान मै ए३२० एनईओ भित्र्याउने पहिलो हवाई सेवा प्रदायकका रुपमा रहेको सलाम एयरले यसै वर्ष ६ वटा थप र २०२० सम्ममा २० वटा जहाज पु¥याउने लक्ष्य लिएको छ । हालसम्ममा २० वटा गन्तब्य रहेको यस एयरलाइन्सले निकट भविष्यमा नै आफ्ना थप गन्तब्यको घोषणा समेत गर्दैछ ।

सुरक्षा नीतिलाई शून्य सहनसिलताका रुपमा लिँदै यात्रुहरुको सन्तुष्टिलाई आफ्नो व्यवसायिक धर्मका रुपमा लिइएको छ । ओमानको राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउने हेतुले आर्थिक अभिवृद्धि, रोजगारी सृजना र पर्यटन विकासका लागि आफूलाई सेतुको रुपमा उभ्याउन सफल भएको छ ।

Loading
TOP