सुर्खेतको गुर्भाकोट क्वारेन्टिनमा एकजनाको मृत्यु, कोरोना परिक्षण गरिदैँ

सुर्खेतको गुर्भाकोट क्वारेन्टिनमा एकजनाको मृत्यु, कोरोना परिक्षण गरिदैँ

१ असार, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका-७ स्थित क्वारेनटाइनमा बसेका एकजनाको मृत्यु भएको छ ।

१३ दिनअघि भारतको गढवालबाट स्वदेश फर्किएका गुर्भाकोट नगरपालिका – ८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको मेयर हस्त पुनले जानकारी दिए ।

सोमबार बिहान आफैले खाना पकाएर खाएका ती व्यक्ति एक्कासी छाती दुख्यो भनेर पल्टिएका थिए । त्यतिकैमा उनको मृत्यु भएको मेयर पुनले बताए ।

मृतकको स्वाब पीसीआर परिक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ ।

 

Loading
TOP