आजसम्म १ लाख ३८ हजार ६ सय ८३ वटा पीपीआर परीक्षण : स्वास्थ्य मन्त्रालय

आजसम्म १ लाख ३८ हजार ६ सय ८३ वटा पीपीआर परीक्षण : स्वास्थ्य मन्त्रालय

१ असार, काठमाडौं । पछिल्लो केही दिनयता सरकारले पीसीआर परीक्षण बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५ हजार ३ सय ६ गरी आजसम्म १ लाख ३८ हजार ६ सय ८३ वटा पीपीआर विधिबाट परीक्षण भएका छन् । आइतबार आरडिटी विधिबाट ८ हजार ६ सय १५ गरी अहिलेसम्म २ लाख १९ हजार ३ सय ३६ वटा परीक्षण भएका छन् ।

देशभरीका आइसोलेसनमा अहिले ५ हजार १ सय ५१ जना उपचाररत रहेका छन् । आइतबार ६७ गरी अहिलेसम्म १ हजार जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले क्वारेन्टाइनमा १ लाख ३३ हजार ८ सय २९ जना रहेका छन् ।

सरकारले थप एक पीसीआर मेसिन जडान गरेको छ । पोखरामा नयाँ मेसिन जडान भएसँगै देशभरी २२ स्थानबाट पीसीआर परीक्षण सुरु भएको छ ।

Loading
TOP