कर्णालीका मन्त्री भण्डारीद्वारा जन्मदिनमा वृक्षरोपण

कर्णालीका मन्त्री भण्डारीद्वारा जन्मदिनमा वृक्षरोपण

सुर्खेत । कर्णाली  प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले आफ्नाे जन्मदिनको अबसरमा वृक्षरोपण गरेर मनाउनु भएको छ ।

मन्त्री भण्डारी जुम्लाको गाेठिचाैर गाउँपालिका – ५ मा जन्मनु भएका मन्त्री भण्डारीले आज परेको जन्मदिनमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आफ्नै कार्यलय परिसरमा वृक्षरोपण गर्दै प्रकृतिको संरक्षण ,वातावरण स्वच्छता र असल संस्कार , विचार र कर्म लाई प्राेत्साहन गर्न उत्प्रेरित गर्न आफुले जन्मदिनमा वृक्षरोपण गरेको बताउनुभयो । प्रकृतिको विनाश , वातावरण संरक्षण तथा प्रदुषणकाे कारणले मानव सभ्यता समेत खतरामा पर्ने हुनाले प्रकृति बचाउन र वातावरण स्वच्छ राख्ने अभियानकाे उद्देश्य रहेको उल्लेख गर्नुभयो ।


सामाजिक विकृति विसंगति ,भ्रष्टाचार , कुशासन,हिंसा हत्या, अातंक,प्रबृत्ति बढिरहेको बर्तमान अवस्थामा यश अभियानले असल संस्कार ,असल विचार र असल कर्म गर्न मानिसमा जनचेतनामूलक सन्देश प्रवाह गरेकोमा अभियान प्रति धन्यवाद व्यक्त गर्नुभयो । बाँझो जमिनकाे सदुपयोग , पर्यटनको विकास , पुराना सम्पदा हरुकाे संरक्षण ,बेरोजगारी समस्याको समाधान , देशको अार्थिक सम्बृद्धि , अात्मनिर्भरता संग समेत अभियान जाेडिएकाेले सरकारले पनि सहयोग गर्ने बताउनुभयो ।
लमजुङ बाट सुरुवात भएको जन्मदिनमा वृक्षरोपण अभियान अहिले देशका विभिन्न भागमा साथै विदेशमा रहेका नेपाली हरुले समेत सुरुवात गर्नुभएको छ । कर्णालीका कुसल लिडर, भविष्यका आशा लाग्दा जनताका नेता दिर्घकालिन सोच र योजना बोकेका जुम्ला बासी , अब्बल राजनीतिज्ञ, असल चरित्र, नाताबादबाट टाडा रहने व्यक्ति कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय नरेश भण्डारीको यो नयाँ र अनुकरणीय कार्यले वनपैदावर उत्पादन संगै वातावरणीय संरक्षणमा कोसेढुंगो बन्ने छ ।

Loading
TOP