भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय पुग्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय पुग्यो

२ असार, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा १० हजार ६६७ जना संक्रमित पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म ३ लाख ४३ हजार ९१ जना संक्रमित भएका छन् । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा उक्लिएको छ ।

त्यस्तै २४ घण्टामा भारतमा ३८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ९ हजार ९०० पुगेको छ ।

भारतमा अहिलेसम्म एक लाख ८० हजार १३ जना ठिक भएका छन् भने एक लाख ५३ हजार १७८ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ८१ लाख १८ हजार ६७१ पुगेको छ भने मृतकको संख्या ४ लाख ३९ हजार १९६ पुगेको छ ।

त्यस्तै विश्वभर ४२ लाख १६ हजार ३१८ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP