न्युजील्याण्डमा २४ दिनपछि दुई जनामा देखियो कोरोना संक्रमण

न्युजील्याण्डमा २४ दिनपछि दुई जनामा देखियो कोरोना संक्रमण

२ असार, काठमाडौँ । कोरोना मुक्त भएको न्युजील्याण्डमा २४ दिनपछि कोरोनाको पहिलो संक्रमण देखिएको छ ।

न्युजील्याण्डमा दुई महिलामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमित दुवै महिला बेलायतबाट आएका परिवारका सदस्य भएको र उनीहरुलाई आफ्ना अभिभावकको अन्तिम संस्कारको लागि विशेष अनुमति दिएर न्युजील्याण्ड आउन दिइएको बताइएको छ ।

गत साता न्युजील्याण्डमा कोरोनाका कारण जारी गरिएका सबै घरेलु प्रतिबन्ध हटाइदै देशलाई कोरोना मुक्त घोषणा गरिएको थियो ।

घरेलु प्रतिबन्ध हटाएपनि सीमा र अन्तर्राष्ट्रिय उडानलाई भने अझै प्रतिबन्ध लगाइएको छ ।

नयाँ संक्रमित कुन देशका नागरिक हुन् भन्ने खुलाइएको छैन । दुवै जना ७ जुनमा दोहा र ब्रिसबेन हुदै न्युजील्याण्ड पुगेर क्वारेन्टाइनमा समेत बसेका थिए ।

न्युजील्याण्डमा अहिलेसम्म १५०६ जना संक्रमित भएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

Loading
TOP