गण्डकी प्रदेशका थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२६ पुग्यो

गण्डकी प्रदेशका थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२६ पुग्यो

२ असार, काठमाडौं । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोनाभाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका प्रवक्ता डाक्टर विनोद बिन्दु शर्माका अनुसार कास्की एक जना र तनहुँका दुई जना गरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा कास्कीको पोखरा महानगरपालिका पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा उपचार गराईरहेका बर्ष ९० का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा ल्याउने तयारी भैरहेको छ निर्देशक डा। शर्माले बताए ।

त्यसैगरी तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १२ र ४६ का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनिहरुलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जी।पी। कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याउने तयारी भैरहेको पनि डा। शर्माले बताए । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२६ पुगेको छ ।

यसअघि आजै बिहान गोरखाको गोरखा नगरपलिकामा आठ जना, बारपाक सुलिकोट गाउँपालिकामा २ जना, त्यस्तै स्याङजामा ४ जना, नवलपरासी पूर्वमा २ जना र कास्कीमा एक जना र बाग्लुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Loading
TOP