बेइजिङमा पुन:कडा लकडाउन

बेइजिङमा पुन:कडा लकडाउन

२ असार, बेइजिङ। कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि चीनको राजधानी बेइजिङमा फेरि लकडाउनका नियममा कडाइ थालिएको छ।

बेइजिङका कतिपय जिल्लामा विद्यालयहरू बन्द गरिएको छ। ठाउँ(ठाउँमा कडा सुरक्षा जाँच केन्द्र खडा गरिएको छ। मानिसहरुलाई कोरोना परीक्षण गर्नका लागि आह्वान गरिएको छ । यहाँ कोरोनाको दोस्रो लहरको आशंका गरिएको छ ।

खेल र मनोरञ्जनको केन्द्र बन्द गरिएको छ । सुपरमार्केट र कार्यालयमा मानिसहरुको तापक्रमको परीक्षण पुनः सुरु गरिएको छ ।

कोरोना संक्रमणको नयाँ लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भऐको हो ।यो मार्केटका जनरल म्यानेजर र अन्य स्थानीय अधिकारीलाई बर्खास्त गरिएको छ ।

स्रोतः बीबीसी

Loading
TOP