थप ३८० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो

थप ३८० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो

२ असार, काठमाडौं । नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३८० जनामा संक्रमण देखिएको हो।

आज थपिएका ३८० सहित नेपालमा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

Loading
TOP