ब्राजिलमा मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

ब्राजिलमा मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

३ असार, काठमाडौँ । दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको संक्रमण तिब्र गतिमा बढिरहेका छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३४ हाजर ९१८ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै ब्राजिलमा अहिलेसम्म ९ लाख २८ हजार ८३४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा एक हजार २८२ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ ।

ब्राजिलमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४५ हजार ४५६ पुगेको छ ।

ब्राजिलमा अहिले संक्रमण र मृत्यु हुनेमा अमेरिकापछि दोस्रो नम्बरमा रहेको छ ।

ब्राजिलमा अहिलेसम्म ४ लाख ६४ हजार ७७४ जना ठिक भएका छन् भने अहिले ब्राजिलमा ८ हजार ३१८ जनाको आइसीयुमा उपचार भइरहेको छ ।

Loading
TOP