भारतीय र चिनियाँ सेनाबीच झडपमा २० भारतीय सैनिक मारिए, १६ बेपत्ता

भारतीय र चिनियाँ सेनाबीच झडपमा २० भारतीय सैनिक मारिए, १६ बेपत्ता

३ असार,काठमाडौं । भारत र चीनका सैनिकबीच पूर्वी लद्दाखमा भएको झडपमा २० भारतीय सैनिक मारिएका छन् । चीन र भारतको सीमा क्षेत्रमा २० भारतीय सैनिक मारिएको र १६ जना अझै बेपत्ता भएका छन् । आफ्ना २० सैनिक मारिएको भारतीय विदेश मन्त्रालयले मंगलवार राति पुष्टी गरेको छ ।

भारतीय सेनाका एक कर्नेलसहित २० जना मारिएका छन् । मारिएका २० सैनिकको शव चिनियाँ सेनाले भारत पठाइदिएको छ । झडपमा कति चिनियाँ सेना हताहति भए, अहिलेसम्म स्वतन्त्र पुष्टी भएको छैन । बेलायती एक सञ्चारमाध्यमले ५ सैनिकको मृत्यु भएको बताएको छ ।

भिडन्त भएको क्षेत्रमा अत्याधिक चिसो छ । शुन्य डिग्री तापक्रम भएको क्षेत्रमा १७ जना आफ्ना घाइते सैनिकको मृत्यु भएको र अघिल्लो दिन एक सैन्यअधिकारी सहित ३ जनाको मृत्यु भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

झडपपछि त्यस क्षेत्रमा रहेका दुवै देशका सैनिक अधिकारीहरुले सम्वाद थालेका छन् । राजनीतिकरुपमा दुई देशबीच औपचारिक सम्वाद नभएका बेला सैनिकहरुले सम्वाद थालेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

चिनियाँ सैनिकले आफ्ना २० सैनिक मारेपछि भारतको सुरक्षा बैठक बसेको थियो । रक्षामन्त्री राजनाथ सिंह, आमी प्रमुख र विदेशमन्त्री एस जयशंकरसहित बैठक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Loading
TOP