नेपालमा हालसम्म १ लाख ४९ हजार ७ सय ७२ जनाको पीसीआर परीक्षण : स्वास्थ्य मन्त्रालय

नेपालमा हालसम्म १ लाख ४९ हजार ७ सय ७२ जनाको पीसीआर परीक्षण : स्वास्थ्य मन्त्रालय

३ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ र पछिल्लो २४ घण्टामा १० हजार २४ परीक्षण भएको छ ।

अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन् । ५ हजार ९ सय ९० जना विभिन्न अस्पतालका आइसोलेनमा उपचाररत रहेका छन् ।

बुधबारसम्म १ हजार १ सय ६७ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

Loading
TOP