कांग्रेसद्वारा कोभिड-१९ बारे संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता

कांग्रेसद्वारा कोभिड-१९ बारे संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता

३ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणलाई लिएर प्रतिनिधिसभामा पनि ध्यानाकर्षण प्रस्ताव दर्ता गरेको छ ।

प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्प भुसाल र सांसद गगन थापाले दर्ता गराएको ध्यानाकर्षण पत्रमा सरकारले संवेदनशील नभएकाले संसदले चासो राख्नुपर्ने उल्लेख छ । संसदमा छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्ने भन्दै कांग्रेस सांसदहरुरुले दर्ता गरेको ध्यानाकर्षण पत्रमा १० वटा बुँदा अगाडि सारेका छन् ।

कोरोना परीक्षणको दायरा बढाउन, क्वारेन्टिनको उपयुक्त व्यवस्थापन गर्न, अस्पताल केन्द्रित तयार गर्न र विदेशबाट आउनेहरुको उचित व्यवस्थापन गर्न समयमै ध्यानाकर्षण गराए पनि सरकारको नसुनेको भन्दै उनीहरुले भनेका छन्, ‘गर्नुपर्ने काम नगर्ने, तर भ्रष्टाचार तथा अनियमितताका एकपछि अर्को प्रकरण सार्वजनिक हुनुले सरकारको गैरजिम्मेवारीपनको उजागर गरेको छ ।’

Loading
TOP