जुम्लाका प्रमुख जिल्ला अधिकारी द्वारा जन्मदिनमा वृक्षरोपण

जुम्लाका प्रमुख जिल्ला अधिकारी द्वारा जन्मदिनमा वृक्षरोपण

जुम्लाका प्रमुख जिल्ला अधिकारी द्वारा जन्मदिनमा वृक्षरोपण:

हिजो आज आफ्नो जन्मदिनको अवसरमा वृक्षरोपण अभियान देशभर व्यापक रुपमा र विदेशमा समेत जन्मदिनमा बिरुवा रोपेर बाताबरण स्व्च्छ र सकारात्मक सोचको बिकासका लागी बिरुवा रोप्ने अभियान सुरु गरेको अभियानका अभियन्ताको साथ समर्थनका लागि जुम्लाका प्रमुख जिल्ला अधिकारीले पनि अाफ्नाे जन्मदिनमा वृक्षरोपण गरेर अभियान प्रति अाफ्नाे समर्थन र ऐक्यबद्धता जनाउनु भएको छ।

जुम्लाको जिलाको चन्दनाथ नगरपालिका जातिभिड घर भएका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्ला प्रशासन कार्यलय जुम्ला परिसरमा वृक्षरोपण गर्दै प्रकृति,वातावरणकाे संरक्षण , देशको अार्थिक अवस्थामा सुधार र प्रयाबरण बचाउन बृक्षारोपणले मानिसमा सकारात्मक विचारकाे प्रवाह र मानवीय सद्भाव कायम गर्ने हुनाले अभियान प्रति अाफ्नाे समर्थन रहेको धारणा राख्नुभयाे । कुनै पनि काम राज्यले मात्रै भन्दापनि राज्य र नागरिकको सहकार्यले सजिलोसँग गर्न सकिन्छ । नागरिक स्तरबाट सुरुवात गरिएको जन्मदिनमा वृक्षरोपण अभियानमा सरकारको पनि समर्थन रहन्छ उहाँको प्रतिक्रिया थियोे । परिवर्तनको संवाहक असल विचार हाे,जसले समाज देश र विश्व लाईनै परिवर्तन गर्न सक्दछ, व्यक्ति सानो हाेला तर विचार सानाे हुदैन । निस्वार्थ तरिकाले असल विचारबाट पवित्र उद्देश्य हासिल गर्न अभियान सफल रहनेछ उहाँको थप विचार थियोे। यस अघि कर्णाली प्रदेशका माननीय आन्तरिकमामिला तथा कानुन मन्त्री नरेश भण्डारीले अाफ्नाे जन्मदिनमा वृक्षरोपण गरेर अभियान प्रति ऐक्यबद्धता जनाईसक्नु भएको छ ।

Loading
TOP