राष्ट्रिय सभामा आज नक्सासम्बन्धि संबिधान संशोधन विधयेक पारित हुदै

राष्ट्रिय सभामा आज नक्सासम्बन्धि संबिधान संशोधन विधयेक पारित हुदै

४ असार, काठमाडौँ । आजको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ूनेपालको संविधान ९दोस्रो संशोधन० विधेयक,२०७७ माथी छलफल गरि पारित गर्ने कार्यसूची रहेको छ ।

बिहान ११ बजेदेखि शुरु हुने बैठकमा दफावार छलफल हुने, छलफल पछि दस्तखत सहितको मत विभाजन हुने र सोको आधारमा पारित सम्बन्धी निर्णय हुने कार्यतालिका रहेको छ ।

विधेयक पारित गर्न राष्ट्रिय सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्ने कानुनी व्यवस्था रहेको छ । राष्ट्रिय सभामा हाल ५८ सदस्य रहेका छन् ।

प्रतिनिधि सभामा सर्वसहमतिले पारित भएकाले यो विधेयक राष्ट्रिय सभामा पनि पूर्ण सहमतिले पारित हुने निश्चित रहेको छ ।

यसअघि गत शनिबारको बैठकमा प्रतिनिधि सभामा दुई तिहाई बहुमतभन्दा बढी मतले विधेयक पारित भएको थियो ।

राष्ट्रिय सभाबाट पारित भएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेपछि संबिधान संशोधनको प्रक्रिया पुरा हुने संबैधानिक व्यवस्था रहेको छ ।

Loading
TOP