भारतमा एकै दिन १२ हजार ८८१ जना संक्रमित

भारतमा एकै दिन १२ हजार ८८१ जना संक्रमित

४ असार, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३३४ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १२ हजार २३७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ हजार ८८१ जना संक्रमित पुष्टि भएको छ ।

यो अहिलेसम्म एकै दिन संक्रमण पुष्टि भएको सबै भन्दा ठुलो संख्या हो ।

भारतमा अहिलेसम्म ३ लाख ६६ हजार ९४६ जना संक्रमित भएका छन् । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा उक्लिएको छ ।

भारतमा अहिलेसम्म एक लाख ९४ हजार ३२५ जना ठिक भएका छन् भने एक लाख ६० हजार ३८४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ८४ लाख ५ हजार ६३२ पुगेको छ भने मृतकको संख्या ४ लाख ५१ हजार ३८३ पुगेको छ ।

त्यस्तै विश्वभर ४४ लाख १५ हजार ७८५ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP