पेरुमा इटालीमा भन्दा बढी भए कोरोना संक्रमित

पेरुमा इटालीमा भन्दा बढी भए कोरोना संक्रमित

४ असार, काठमाडौँ । दक्षिण अमेरिकी देश पेरुमा कोरोनाको संक्रमण तिब्रगतिमा फैलिरहेको देखिएको छ ।

पछिल्लो अपडेटपछि पेरुमा इटालीमा भन्दा बढी कोरोना संक्रमित पुगेका छन् । एक समयको कोरोनाको इपिसेन्टर मानिएको इटालीलाई उछिन्दै पेरु धेरै संक्रमित हुने देशमा सातौ स्थानमा उक्लिएको छ ।

पेरुमा अहिलेसम्म २ लाख ४० हजार ९०८ जना संक्रमित भएका छन् भने इटालीमा अहिलेसम्म २ लाख ३७ हजार ८२८ जना संक्रमित भएका छन् ।

त्यस्तै पेरुमा अहिलेसम्म ७ हजार २५७ जनाको मृत्यु भएको छ । पेरुमा अहिलेसम्म एक लाख २८ हजार ६२२ जना ठिक भएका छन् ।

कोरोनाको संक्रमण बढेपछि पेरुमा जुन ३० सम्मका लागि लकडाउनको घोषणा गरिएको छ ।

दक्षिण अमेरिकी देशहरु मध्ये ब्राजिल अहिले कोरोनाको इपिसेन्टर मानिएको छ । ब्राजिलमा अहिलेसम्म ९ लाख ६० हजार संक्रमित भएका छन् भने ४६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

Loading
TOP