नेकपाले बोलायो स्थायी कमिटी बैठक, एमसीसी प्रमुख एजेन्डा

नेकपाले बोलायो स्थायी कमिटी बैठक, एमसीसी प्रमुख एजेन्डा

४ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले स्थायी कमिटी बैठक बोलाएको छ ।

अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० बारे पार्टीको विवाद जारी रहेकै बेला एमसीसीको छलफललाई प्रमुख एजेन्डा बनाउदै नेकपाले असर १० गतेका लागि स्थायी कमिटी बैठक बोलाएको हो ।

बुधबार साँझ नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि स्थायी कमिटी बैठक बोलाएर एमसीसी बारे टुंगो लगाउने निर्णय लिएको हो । यसअघि पटक पटक एमसीसी बारे छलफल गर्ने भन्दै बोलाइएको पार्टी सचिवालय बैठक स्थगित गरिएको थियो ।

नेकपाको केन्द्रीय समितिले गठन गरेको एमसीसी अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन दिएको लामो समय भएपनि नेकपाले निर्णय लिन नसक्दा एमसीसी बारेको अन्योलता बढिरहेको छ । संसददेखि सडकसम्म सामाजिक संजालदेखि मिडियासम्म एमसीसीको बहस जारी रहेका बेला नेकपाले स्थायी कमिटीको बैठकमा एमसीसी बारे छलफल गर्ने भने पछि सबैको चासो फेरी बढेको छ ।

नेकपाभित्र बहुमत नेताहरु एमसीसीको विपक्षमा रहेका छन् । पार्टीका सबै तहमा प्रधानमन्त्री ओली अल्पमतमा परेपछि एमसीसीको पक्षमा निर्णय लिन उनलाई अप्ठ्यारो परेको छ । झलनाथ खनाल नेतृत्वको एमसीसी अध्ययन समितिले संशोधन सहित एमसीसी पारित गर्नुपर्ने सुझाव दिएको छ ।

Loading
TOP