आइओएमको डिनमा प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाह नियुक्त

आइओएमको डिनमा प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाह नियुक्त

४ असार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान ९आइओएम० को डिनमा प्रा डा दिव्यासिंह शाह नियुक्त भएकी छन् ।
त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये उहाँलाई डिनमा नियुक्ति गरेको हो ।

यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रुपमा कार्यरत थिइन् । डा शाहले बिहीबारदेखि कार्यभार सम्हाल्ने जानकारी दिएकी छन् ।

यसअघिका डिन प्रा डा जगदीशप्रसाद अग्रवालले उमेरहदका कारण जेठ २१ मा अवकाश पाएपछि उक्त पद रिक्त थियो ।

Loading
TOP