सुशान्त आत्महत्या : करणसहित आठविरुद्ध मुद्धा

सुशान्त आत्महत्या : करणसहित आठविरुद्ध मुद्धा

४ असार, काठमाडौँ । बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा अनेक कोणबाट बहस र विश्लेष्ण भइरहेका बेला विहारको एक स्थानीय अदालतमा अपराधिक मुद्दा दायर गरिएको छ ।

एक वकिलले अपराधिक मामला दायर गर्दै निर्माता(निर्देशक करण जोहर, निर्देशक संजय लिला भन्सालीम एकता कपुर र सलमान खानसहित आठ जनालाई आरोपित बनाइएको छ ।

आफु विरुद्ध अदालतमा मुद्धा दायर भएपछि निर्माता निर्देशक संजय लीला भन्सालीले एक बयान जारी गर्दै आफुले चार पटक सुशान्तसँग काम गर्न खोजेको बताएका छन् ।

आफुले काम गर्न खोजेपनि समय अभावका कारण सम्भव नभएको स्पष्ट गरेका छन् । दुवैलाई एक अर्काको काम मनपर्ने भएकाले सँगैकाम गर्ने प्रयास गरेपनि सुशान्त अन्य फिल्ममा व्यस्त रहेका कारण सम्भव नभएको बताएका छन् ।

साथै उनले पद्मावत फिल्मका बेला जयपुरमा भन्सालीमाथि आक्रमण हुदा सुशान्तले आफ्नो नामको राजपुत हटाएको प्रसंग उल्लेख गर्दै सुशान्तसंग कहिल्लै आफ्नो समस्या नभएको उल्लेख गरेका छन् ।

बलिवुडमा नातावादका कारण फिल्म उद्योगभन्दा बाहिरबाट आएकालाई सफल हुन नदिने गिरोह नै संचालन भएको भन्दै अहिले व्यापक बहस भइरहेको छ ।

यसमा सुशान्तको क्यारियर बिगार्न करण जोहर, यशराज फिल्म्स, सलमान खान लगायत बलिवुडका कैयौं स्थापित ब्यानर लागेको आरोप लगाइएको छ ।

Loading
TOP