सेनालाई सरकारको काममा प्रयोग गरेर अनावश्यक विवादमा नपारौं – कमल थापा

सेनालाई सरकारको काममा प्रयोग गरेर अनावश्यक विवादमा नपारौं – कमल थापा

४ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष कमल थापाले नेपाली सेनालाई सरकारको नियमित काममा प्रयोग गरेर अनावश्यक विवादमा पार्न नहुने बताएका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले राष्ट्रिय सुरक्षा र एकताको अन्तिम भरोसा र किल्ला नेपाली सेनालाई विवादमा तान्ने र बदनाम गर्ने कार्य कतैबाट हुनुनहुने बताउदै सेनाको मनोबल गिराउने काम गर्नु नहुने बताएका छन् ।

अहिले नेपाली सेना स्वास्थ्य सम्बन्धि सामग्री खरीद प्रक्रिया विवादमा रहेको छ । राजनीतिक नेतृत्वले सेनालाई देखाएर अनियमितता गरेको भन्दै अहिले स्वास्थ्य सामग्री खरिद प्रक्रिया विवादित रहेको छ ।

अध्यक्ष थापाले भनेका छन्, ुराष्ट्रिय सुरक्षा र एकताको अन्तिम भरोसा र किल्ला नेपाली सेनालाई विवादमा तान्ने र बदनाम गर्ने कार्य कतैबाट हुनुहुंदैन । सेनाको मनोबल गिराउने काम गर्नु हुंदैन ।

सार्वजनिक खरिद जस्तो सरकारको नियमित काममा सेनालाई प्रयोग गर्दा स्वभावतस् अनाबश्यक विवाद हुन्छ । भविष्यमा यस्तो गल्ति नदोहरियोस् ।ु

Loading
TOP