कपिलवस्तुमा विहिबार थप १६ जनामा कोरोना पुष्टि

कपिलवस्तुमा विहिबार थप १६ जनामा कोरोना पुष्टि

४ असार, काठमाडौँ । कपिलवस्तु जिल्लामा विहिबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षणबाट जिल्लाका बाणगंगा नगरपालिकाका एक जना, शिवराज नगरपालिकाका ७ जना, मायादेवी गाउँपालिकाका ८ जना रहेका छन् ।

नयाँ संक्रमितहरुमा बाणगंगा नगरपालिकाका वडा नम्बर २ का बर्ष ३४ का १ पुरुष रहेका छन् ।

त्यस्तै शिवराज नगरपालिका वडा नम्बर ५ का २३ बर्ष का १ जना पुरुष, वडा नम्बर ७ का ३ महिना र ९ बर्ष का २ बालक, वडा नम्बर ९ का बर्ष १०, ३१, ५० का पुरुष ३ जना र बर्ष ३८ की महिला १ जना गरी सात जना रहेका छन् ।

त्यसैगरी मायादेवी गाउँपालिका वडा नम्बर १ का बर्ष १८, २६, ३१, ३५, ३५ का ५ पुरुष र बर्ष २५ की महिला १ जना, वडा नम्बर २ का बर्ष ४० का १ जना पुरुष र वडा नम्बर ८ का बर्ष ३५ का पुरुष १ जना गरि कुल ८ जना रहेका छन् ।

योसँगै कपिलवस्तुमा अहिलेसम्म ६७३ जना संक्रमित भएका छन् भने कपिलवस्तु जिल्लामा संक्रमित भएका मध्ये ४०७ जना अहिलेसम्म डिस्चार्ज भएका छन् ।

Loading
TOP