इच्छाशक्ति भएमा महामारीका बेला पनि वार्ता गर्न सकिन्छ : मन्त्री ज्ञवाली

इच्छाशक्ति भएमा महामारीका बेला पनि वार्ता गर्न सकिन्छ : मन्त्री ज्ञवाली

४ असार, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वार्ताका माध्यमबाटै भारतसँगका सबै समस्या समाधान गर्न नेपाल दृढ रहेको दोहो¥याउँदै इच्छाशक्ति भएमा महामारीका बेला पनि वार्ता गर्न सकिने बताएका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत परराष्ट्र मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले इतिहासदेखि थाँती रहेका विषयको निरुपण वार्ताबाटै हुने नेपालको मान्यता रहेको र इच्छाशक्ति भएमा महामारी त्यसको बाधक नहुने यथार्थलाई भारतले आत्मसात् गर्नेमा आफू विश्वस्त रहेको बताए। यद्यपि उनले भारतको नाम उच्चारण भने गरेनन् ।

मन्त्री ज्ञवालीले नेपालको नयाँ राजनीतिक एवं प्रशासनिक मानचित्रमा समेटिएका भूभागमाथि नेपालको भोगचलन कायम गर्न सरकार दृढतापूर्वक अघि बढेको उल्लेख गर्दै त्यसनिम्ति कूटनीतिक प्रयासलाई अझ प्रभावकारी तुल्याइने बताए । “हामी सत्यको पक्षमा छौँ र इतिहासले दिएको दायित्व पूरा गर्न प्रतिबद्ध छौ,” उनले भने, “ऐतिहासिक सन्धि–सम्झौता, प्रमाण र तथ्यले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको पुष्टि हुन्छ ।”

मन्त्री ज्ञवालीले भारत र चीनसँग सुमधुर मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने सरकारको घोषित नीति रहेको बताउँदै उनीहरूका सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सन्तुलित सम्बन्ध कायम गर्ने नीतिबाट नेपाल अविचलित रहेको स्पष्ट गरे । मन्त्रालयले सम्पादन गर्ने कामको प्रकृतिअनुसार चालू खर्च अधिक र पूँजीगत खर्च कम भएको स्पष्ट गर्दै उनले ‘पब्लिक डिप्लोमेसी’ प्रवद्र्धन गर्ने योजनामा मन्त्रालय रहेको जानकारी दिए ।

मन्त्री ज्ञवालीले आन्तरिक नीति र बाह्य परिस्थितिबीच तालमेल मिलाउँदै सञ्चालन गर्नुपर्ने परराष्ट्र नीति संवेदनशील विषय भएको यथार्थलाई मनन गर्दै राष्ट्रको एकल आवाज र ऐक्यबद्धतालाई प्रतिविम्बित गर्न राज्यद्वारा स्थापित संयन्त्रमार्फत त्यसो गर्दै आएको बताए । स्थापित र मान्य अन्तरराष्ट्रिय प्रचलनअनुरुप सम्बद्ध सबै पक्षले कूटनीतिक आचारसंहिताको निष्ठापूर्ण पालना गर्न तथा परराष्ट्र मामिला र कूटनीतिक विषयमा सार्वजनिकरुपमा विचार र धारणा व्यक्त गर्दा सोहीअनुरुपको संवेदनशीलतालाई आत्मसात गर्न उनले अनुरोध गरे।

मन्त्री ज्ञवालीले आफ्नो मन्त्रालयले नेपालको परराष्ट्र नीतिको तर्जुमा र कार्यान्वयन बाह्य विश्व तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाहरुसँग द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्ध विस्तार, कूटनीतिको माध्यमबाट नेपालको राष्ट्रियहित प्रवद्र्धन, अन्तररष्ट्रिय जगत्मा नेपालको उज्यालो छवि निर्माण, आर्थिक तथा विकास कूटनीति सञ्चालन गरी देश विकासमा सहयोग पु‍¥याउन स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको बताए।रासस

Loading
TOP