वामदेवलाई ओलीको प्रस्तावः एमसीसीका पक्षमा लाग्नुहोस्, रोजेर मन्त्री बन्नुहोस्

वामदेवलाई ओलीको प्रस्तावः एमसीसीका पक्षमा लाग्नुहोस्, रोजेर मन्त्री बन्नुहोस्

४ असार, काठमाडौं । अमेरिकन परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० नेपालको संसदबाट पारित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र छलफल तिव्र पारेका छन् । शीर्ष नेताहरुलाई मनाउन र पार्टीभित्र सहमति जुटाउन ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपालसँग भेटवार्ता गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, प्रतिपक्ष दल समाजवादी र राप्रपा एमसीसी पारित गर्नूपर्ने पक्षमा छन् । तर नेकपाभित्रको ठुलो समुह एमसीसीका बिपक्षमा छ । पार्टीभित्रको समुहलाई मनाउन ओलीले विभिन्न खाल्का प्रस्तावहरु शीर्ष नेताहरुलाई दिने गरेका छन् ।

ओलीले एमसीसीका पक्षमा बहुमत जुटाउने कसरत पार्टी सचिवालयबाट शुरु गरेका छन् । पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई पछि प्रधानमन्त्री बन्नेगरी हाललाई मन्त्रालय रोजेर मन्त्री बन्न प्रस्ताव गरेका छन् । ओलीले उपप्रधानसहित आकर्षक मन्त्रालयकोे अफर गरेपनि वामदेवले स्वीकार गरेनन् ।

‘म उपप्रधानमन्त्री बनेपनि एमसीसीमा तपाईलाई साथ दिन सक्दिँन’, जवाफमा गौतमले भने ‘पार्टीको स्थायी र केन्द्रीय समिति एमसीसीका विपक्षमा छ, म पक्षमा लाग्न सक्दिँन ।’

गौतमलाई वरिष्ठ उपप्रधानमन्त्रीको प्रस्ताव गरेलगतै ओलीले अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई मन्त्रीको अफर गरेका छन् । स्रोतकाअनुसार श्रेष्ठलाई पनि रोजेर मन्त्रालय लिन तर एमसीसीका पक्षमा आफुलाई साथ दिन आग्रह गरेका छन् । गौतम र श्रेष्ठलाई मन्त्री बनाए सचिवालयमा बहुमत पुरयाउने र एमसीसी पारित गर्ने लक्ष्य ओलीले बनाएका छन् ।

एमसीसी पारित गर्न नहुने पक्षमा नेकपाभित्र जवरजस्त बहुमत छ । नेता भीम रावल, लिलामणि पोखरेल एमसीसीका बिपक्षमा छन् । तर सचिवालयमा बहुमत पुरयाए एमसीसी पारित हुनेमा ओली ढुक्क रहेका छन् ।

वरिष्ठ नेता झलनाथ खनाल एमसीसीका विपक्षमा भएपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल भने मौन रहेका छन् । एमसीसीका पक्ष, विपक्षमा आफ्नो धारणा सार्वजनिक गरिसकेका छैनन् ।

एमसीसीका बारेमा छलफल गर्नृ १० असारमा स्थायी कमिटीको बैठक बोलाइएको छ । तर बैठक बस्ने नबस्ने निश्चित भने छैन । सचिवालयमा बहुमत नपुराएसम्म स्थायी कमिटी बैठक नबोलाउने पक्षमा ओली छन् ।

Loading
TOP