डब्लुएचओद्वारा हाइड्रोक्सीक्लोरोक्वीनको अनुसन्धानमाथि प्रतिबन्ध

डब्लुएचओद्वारा हाइड्रोक्सीक्लोरोक्वीनको अनुसन्धानमाथि प्रतिबन्ध

४ असार, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उपचारमा मलेरियाको औषधि हाइड्रोक्सीक्लोरोक्वीन बारेको अनुसन्धानमाथि प्रतिबन्ध लगाएको छ ।

डब्लुएचओले पछिल्लो अनुसन्धानबाट हाइड्रोक्सीक्लोरोक्वीनले कोरोनाका विरामीलाई बचाउन नसकेको भन्दै यसको थप अनुसन्धानमा प्रतिबन्ध लगाएको हो ।

हाइड्रोक्सीक्लोरोक्वीनको बारेमा विश्वभर चासो व्यक्त गरिएपनि अन्ततअस यो औषधि कोरोनाको उपचारमा सफल नभएको प्रष्ट भएको छ ।

द लेसेन्टको एक अध्ययनबाट हाइड्रोक्सीक्लोरोक्वीन कोरोनाको उपचार गर्न सफल साबित नभएको रिपोर्ट प्रकाशित भएपछि विभिन्न देशहरुले प्रतिबन्ध लगाएका छन् भने डब्लुएचओले समेत प्रतिबन्ध लगाएको छ ।

पछिल्लो अनुसन्धानमा हाइड्रोक्सीक्लोरोक्वीनले कोरोनाका विरामीलाई यो औषधि दिदा झन् विरामीको मृत्यु भएको देखिएको छ भने संक्रमितको समस्या झन् बढेको पनि देखिएको छ ।

Loading
TOP