काममा व्यस्त भएको बेला हिसाब मागियो : प्रधानमन्त्री ओली

काममा व्यस्त भएको बेला हिसाब मागियो : प्रधानमन्त्री ओली

४ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताका समस्या बुझेको बताएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै सरकारले गाउँ शहर सबै क्षेत्रका जनताको समस्या बुझेको बताएका छन् ।

कोरोना आउनु भन्दा अगाडी नै सरकारले कोहि जनता भोकले मर्नु पर्दैन भन्नेमा सरकार प्रतिबद्द रहेको बताउदै प्रधानमन्त्रीले अहिलेको समस्याबाट सरकार परिचित रहेको बताए ।

सडकमा बालबालिका अहिले नरहेको भन्दै पछिल्लो दुई बर्षमा सडक बालबालिका मुक्त र भिखारी मुक्त बनाइएको बताए ।

नेपालमा बाच्नका लागि भिख माग्न नपर्ने अवस्था सरकारले बनाएको प्रधानमन्त्री ले दाबी गरेका छन् ।

कोरोना रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर गरिएको प्रश्न सडकमा आफुले पनि देखेको बताउदै १० अर्ब खोई भनिएको छ, १० अर्ब तल पठाएको बताए ।

स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको उनले बताउदै प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिहरुको गुन मान्नुको साटो अपमान गर्न नहुने बताए ।

प्रधानमन्त्रीले खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले भने, ुमान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरता छैन ।’

अहिले महामारीको बेला को बेरोजगार भएको छ भनेर हरेक दिन सरकारले आँकडा लिन नसक्ने बताउदै कोरोनाका समाजमा अनेक किसिमका प्रभाव रहेको बताए ।

सडकमा इनफ इज इनफको अभियान चलाइएको बारे बोल्दै प्रधानमन्त्री ओलीले आफुले यसको अर्थ खोजेको बताउदै कोभिड(१९ मोर देन इनफ भएको बताए ।

Loading
TOP