सरकारलाई चौतर्फी घेराबन्दी गरिएको छ : खगराज अधिकारी

सरकारलाई चौतर्फी घेराबन्दी गरिएको छ : खगराज अधिकारी

४ असार, काठमाडौं । प्रतिनिधिसभा सांसद खगराज अधिकारीले सरकारका हातखुट्टा बाँधेर चौतर्फी हमला भइरहेको बताउनुभएको छ ।

सर्वोच्च अदालतले चालु आर्थिक वर्षको साउनबाट कर उठान नपाउने भनेको र राष्ट्रपति कार्यालयको गलैचा फेरेको विषयमा अलोचना गरी सरकारलाई चौतर्फी हमला गरिएको बताउनुभयो । सरकारका हातखुट्टा बाँधेर सरकारले गर्न दिएन भन्दै चौतर्फी हमला भएको उल्लेख गर्दै उहाँले सरकारविरुद्धका आलोचनाले कोभिड—१९ को विरुद्धको लडाई भन्दा व्यवस्था विरुद्धको लडाईलाई हौसला दिने बताउनुभयो । क्वारेन्टाइनमा रहेका गर्भवति र सुत्केरी महिलाहरुको समस्या समाधानका लागि सरकारलाई गम्भिर हुन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘‘सरकारलाई चौतर्फी घेराबन्दी गरिएको छ ।

अदालतले साउनदेखि नै भ्याट उठाउन नपाउने बनाएको छ । लक डाउन धेरै पछि सुरु भएको हो तर चालु आर्थिक वर्षको साउनबाट नै भ्याट उठाउन नपाउने बनाएको छ । सरकारका हातखुट्टा बाँध्ने र राष्ट्रपति कार्यालयमा १ करोड भन्दा बढीको गलैचाँ फेरियो भनेर आलोचना गर्ने यस्ता कामहरुले सरकारलाई चौतर्फी हमला गरेको छ ।’’

सरकारमाथि भइरहेका हमलाहरुको सामना गर्दै आइसोलेसन र क्वारेन्टाइन बढाएर पीसीआर परीक्षणको दायरा तिव्र गतिमा बढाउनुपर्ने उहाँले बताउनुभो । स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम र रणनीतिक सडकहरुलाई कोरोना विरुद्ध लड्दै निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।

Loading
TOP