कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या २२ पुग्यो

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या २२ पुग्यो

४ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षिय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । दुबै जनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि ती पुरुष कैलालीकै नजजीवन अस्पतालमा भर्ना भएका थिए । जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनको असार ३ गते बेलुकी निधन भएको हो । यस्तै लम्कि चुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागेपनि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । जेठ ३१ गते भर्ना भएकी महिलाको असार २ गते सर्जरी गर्नुअघि नमुना संकलन गरिएको थियो ।

उनको असार २ गते नै मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो । भेरी अस्पतालमा भएको परीक्षणमा असार ३ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

Loading
TOP